तनहुँ । आमाको हत्या अभियोगमा तनहुँमा छोराबुहारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–३ शेराका ४७ वर्षीय राजकुमार सार्की र ३५ वर्षीया सुशीला मजाकोटी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
८४ वर्षीय मायाको हत्या गरेको अभियोगमा छोराबुहारीलाई सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । हिजो बिहान ५ बजे माया मृतावस्थामा फेला पर्नुभएको थियो ।
घर नजिकैको गाई गोठमा आगो लगाई गोठ पूर्ण रुपमा जली गाईसमेत मृतावस्थामा रहेको भनी इलाका प्रहरी कार्यालय बन्दीपुर तनहुँ हुँदै जिल्ला प्रहरी कार्यालयमा खबर पुगेको थियो । घटनाको थप अनुसन्धाग भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच