सत्ता गठबन्धन फेरिए देश अस्थिरता तिर जाने एमाले अध्यक्ष ओलीको संकेत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाउनु सफलता भएको बताउनु भएको छ ।

काठमाडौंमा मंगलबार अनेरास्ववियुको महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाउनु एमालेको सफलता भएको बताउनु भएको हो ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलका अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन तोड्नुमा एमालेको सफलता भएको बताउनु भयो ।

पाँच दलीय गठबन्धन तोडेर प्रचण्डको नेतृत्वमा सरकार बनाएका उहाँले सरकार सञ्चालनका लागि आफू नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्रसमेत बनाउनु भएको छ ।

तर, अहिलेको राजनीतिक समीकरण परिवर्तन पनि हुन सक्ने भन्दै उहाँले आफ्ना नेता तथा कार्यकर्तालाई सजग पनि बनाउनु भयो ।

संसदको बनावट अस्थिर राजनीतिको कारक बन्ने खालको रहेको भन्दै ओलीले भन्नुभयो, ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा हो । कथंकदाचित यो अवस्था फेरियो भने, संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । संसदमा हाम्रो बहुमत छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?