कांग्रेस-माओवादी प्यानललाई हराउँदै एमाले विजयी

हिमालय टाइम्स
Read Time = 3 mins

खोटाङ ।   खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित शारदा माबिको व्यवस्थापन समिति चयनका क्रममा दलीय आधारमा चुनाव भएको छ ।

नयाँ व्यवस्थापन समिति चयनका क्रममा सहमती नजुटेपछि अभिभावकबीचमै दलीय आधारमा निर्वाचन भएको हो । व्यवस्थापन समितिका लागि कांग्रेस र माओवादी केन्द्र समर्थकको एउटा प्यानल तथा एमाले समर्थकको अर्को प्यानल खडा गरेर शुक्रबार निर्वाचन गरिएको हो । निर्वाचनमा कांग्रेस–माओवादी केन्द्रको प्यानललाई हराउँदै एमालेको प्यानल विजयी भएका छन् ।

व्यवस्थापन समितिका लागि पुर्व वडाध्यक्ष समेत रहनुभएका यज्ञ नारायण श्रेष्ठले ७७ मत, वीरबहादुर रोक्काले ७० मत, खड्गकुमारी बरुवालले ७७ मत र मनकुमारी श्रेष्ठले ८४ मत ल्याएर विजयी हुनुभयो । यस्तै, कांग्रेस–माओवादी केन्द्र प्यानलका सुरेन्द्र राईले ६६ मत, हरी राईले ६३ मत, डोमु शेर्पा ९राई०ले ६५ मत र विष्णुकुमारी बस्नेत (खड्का)ले ६५ मत पाएर पराजित हुनुभयो । निर्वाचनमा कुल १४८ जना अभिभाबकले मत हाल्दा १० मत बदर भएको थियो ।

पटक–पटकको छलफलमा सहमती नजुटेपछि दुई महिला र दुई पुरुष सदस्यका लागि आठ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएसँगै अर्को समिति गठनका लागि विद्यालयले पत्राचार गर्दै गत माघ २७ गते अभिभावकलाई बोलाएको थियो । सो भेलामा व्यवस्थापन समितिमा बस्न २५ जनाले आकांक्षा देखिाएपछि पटक–पटक छलफल गर्दा पनि सहमती जुट्न नसकेको प्रअ हर्कबहादुर कार्कीले बताउनु भयो ।

निर्वाचनबाट चुनिएका चार सहित विद्यालय व्यवस्थापन समितिमा नौ जना रहने व्यवस्था छ । प्रधानाध्यापक स्वतः सदस्य सचिव रहने व्यवस्था छ । निर्मला कार्कीलाई शिक्षक प्रतिनिधिबाट छनौट गरिएको छ । वडाध्यक्ष चिरञ्जीवी कार्की स्वतः पदेन सदस्य रहन्छन् । सात जनाको बैठकले पुनः दुई सदस्य मनोनित गर्ने व्यवस्था छ ।

पछिल्लो समय जिल्लाका कतिपय सामुदायीक विद्यालयको व्यवस्थापन समिति राजनैतिक दलको शक्ती परीक्षण गर्ने साधन बन्दै गएको छ । आफ्नो शक्ती परिक्षण तथा व्यवस्थापन समिति, विद्यालय र सिंगो वडामा आफ्नो ‘पकड’ जमाउने भित्री स्वार्थ बोकेका दलहरुको कारण विद्यालयमा अनपेक्षित निर्वाचन हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?