सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री राई

Read Time = 6 mins

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

आईतवार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो बताउनुभएको हो । उहाँले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएमा समस्याको पहिचान गरी समाधानको लागि सरकार सकारात्मक रहेको बताउनु भयो । उहाँले सहकारी संकटमा आए भनेर बजारमा हल्ला भन्दा पनि बद्मास गर्ने सहकारीहरुको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

उहाँले मन्त्रालयमा सहकारी क्षेत्रका वर्तमान समस्या र समाधानको आए मन्त्रालय तत्काल समाधान गर्न सहजिकरण गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भयो ।

मन्त्री राईले सहकारीहरुले विधि विधान भन्दा बाहिर गएर धेरै पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको बताउनु भयो । उहाँले ३० हजार सहकारीमा १५ वटा भन्दा बढीले बदमास नगरेको दाबी गर्नुभयो । उहाँले सहकारीको विषयमा बढी नै हल्ला भएकाले सहकारी प्रतिको विश्वास गुम्दै गएको उल्लेख गर्नुभयो । उहाँले ग्रामिण क्षेत्रका जनताको दैनिक समस्या समाधान सहकारीले नै गरेको भन्दै सहकारीलाई बचाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सहकारी अभियानत तथा अन्य सम्बन्धित निकायहरुले सहकारीमा देखिएका समस्या र समाधान गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सबैले धेरै पैसा कमाएर धनी हुनुपर्छ तर मुलुकको कानूनी सीमामा रहेर हुनुपर्छ । कानून भन्दा बाहिर गएर पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको हो । मुलुक हल्लैहल्लाको देश हो । केही ठूला सहकारीहरु विधिभन्दा बाहिर गयो होला । ग्रामिण क्षेत्रका सहकारीहरुले राम्रो काम गरेका छन् । ३० हजार सहकारीमा १५ वटाले नराम्रो गरेको भएपनि अन्यले गरेका छैनन् । तर सहकारी सकियो भने हल्ला बढी भयो । हल्ला होइन काम गर्ने हो । सहकारीका कहाँकहाँ समस्याहरु छन् । त्यहाँबाट निराकरण गरेर बदमासी गर्नेहरुलाई कारबाही प्रक्रिया अगाडि बढाए भयो । हल्लाको कारण मानिसहरुले सहकारीलाई नराम्रो भन्न थालेका छन् । सहकारीले राम्रो काम गरेको छ । ग्रामिण क्षेत्रका जनताको दैनिक समस्या समाधान गरेको छ । आयोगहरु धेरै बन्छ । आयोगले निस्कर्ष निकाल्छ कार्यान्वयन हुँदैन । सहकारीमा भएका समस्या र समाधानका विषयमा लिपिवद्ध गरेर म भएको ठाउँमा ल्याउनुुस् । म समस्याको समाधान गर्न तयार छु । सहकारीको समस्या समाधानको लागि सबै जना लाग्नुपर्छ । सरकार सहकारी क्षेत्रमा भएका समस्या समाधान गर्न तयार छ । तपाईहरु ढुक्क हुनुस् समाधान गर्न तयार छु । समाधान हुन्छ । तर ढिला नगर्नस्।’

त्यस्तै,मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले वचतकर्ताको वचत सुरक्षा र सहकारी अभियानको मूल्य, मान्यतामा आँच आउन नदिन मन्त्रालय संवेदनशील रहेको बताउनु भयो । उहाँले सहकारी क्षेत्रमा देखिएका विकृति र वचतकर्ताको वचत सुरक्षाका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको बताउनु भयो । उहाँले सहकारी विभाग, समस्याग्रस्त सहकारी विकास समिति, राष्ट्रिय सहकारी महासंघ, सहकारीका प्रदेश जिल्ला र विषयगत संघलाई समन्वयात्मकरूपमा काम गर्न निर्देशन दिएको बताउनु भयो । उहाँले अहिलेसम्म वचतकर्ताले मागदाबी गरेको एक अर्ब ४४ करोड रकममध्ये ४० करोड रकम फिर्ता गरिसकेको बताउनु भयो । उहाँले समस्याग्रस्त सहकारीका एक हजारभन्दा बढी श्रेस्ता माग गरी अनुसन्धान भइरहेको तथा एक सयभन्दा बढी चल–अचल सम्पती रोक्का राखी सञ्चालकको राहदानी, बैंक खाता र विदेश जान रोक्का गरिएको बताउनु भयो । उहाँले कानूनको परिपालना नगर्ने र वचतकर्ताको वचत सुरक्षा नगर्ने सहकारीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट कारबाही गर्ने बताउनु भयो ।

सचिव रेग्मीले सरकारले असल सहकारीलाई प्रोत्साहन र गलत कार्य गर्ने सहकारीलाई कानूनको दायरामा ल्याउनु आवश्यक रहेको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?