काठमाडौं । भुक्तानी प्रणाली सञ्चालन अनुमतिप्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र हिमालयन बैंकबीच स्मार्ट क्युआरमार्फत् भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ । थपिएको सेवाबाट मोबाइल बैंकिङ एप एचआई-एमबी प्रयोगकर्ताले भाटभटेनी सुपरमार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटललगायत स्मार्ट क्युआरमा आबद्ध मर्चेन्टमार्फत् वस्तु तथा सेवाको सजिलै भुक्तानी गर्न सक्ने बताइएको छ ।
त्यसैगरी हिमालयन बैंकका मर्चेन्टले पनि स्मार्ट क्युआरमा आबद्ध बैंक तथा वित्तीय संस्थाका ग्राहकमार्फत् भुक्तानी प्राप्त गर्न सक्नेछन् । इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्विचमार्फत् कारोबारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्युआरमार्फत् भुक्तानी लिन, दिन सहज, सुरक्षित र भरपर्दो हुने कम्पनीको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच