आगामी बर्षका लागि वडा परिषद सुरु

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । आर्थिक बर्ष २०८०/०८१ का लागि भोजपुर नगरपालिका अन्तर्गतका वडाहरुले परिषद सुरु गरेका छन् । आगामी बर्षका लागि योजना छनौट सहित बजेट बिनियोजनका लागि वडा परिषद थालिएको हो ।
भोजपुर नगरपालिका अन्तर्गत वडा नम्वर ८ ले बुधवार ३० लाख बरावरको योजनाहरु वडा परिषदबाट छनौट गरेको छ । वडाको प्रस्ताबित योजना तथा कार्यक्रम अन्तर्गत लक्षित बर्ग तर्फ ३५ प्रतिशत र बिकास निर्माण तर्फ ६५ प्रतिशत बरावरको योजनाहरु छनौट गरी पास गरिएको वडाध्यक्ष नवीन प्रधानले जानकारी दिनुभयो ।

वडाको बजेटमा समावेश गर्न नसकिएका बिभिन्न १५ बढी योजनाहरु बजेट ब्यवस्थापनका लागि नगरपालिका, प्रदेश र संघीय सरकारका सम्वन्धित निकायहरुमा सिफरिस गरी पठाईने वडाध्यक्ष प्रधानको भनाई रहेको छ ।

स्थानीय राजनीतिक दल, जनप्रतिनिधी, बुद्धिजिवी, पत्रकार र वडावासीको उपस्थितीमा भएको परिषदले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी लगायतका योजनाहरुमा बजेट बिनियोजन गरेको छ । सवै क्षेत्रहरु समेटने गरी टोल भेला समेत गरिएको र सोहीबाट आएका योजनाहरु वडा परिषदले पारित गरेको वडासदस्य निरकुमार प्रधानले बताउनुभयो ।

नागरिक समाजका संयोजक पर्शुराम तिवारीले वडाको बार्षिक बजेट कम भएकाले सोहीबाट नै योजना छनौट गर्दा केही योजनाहरु छुटन सक्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?