सुत्केरी महिलाले आमा सुररक्षाको रकम पाउन सकेनन्

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । सरकारले मातृ मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ ल्याइएको ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ अन्तर्गत हुम्लाको सिमकोट गाउँपालिका-७ चौगनफयाका सुत्केरी आमाले पाउने सुविधा अझै नपाएको गुनासो गरेका छन् । साउन महिना देखि पुस महिनासम्म चौगनफया सामुदायिक स्वास्थ्य इकाईमा सुत्केरी भएका ८ जना महिलाले गर्भजाँच गराएको बापतको रकम नपाएका हुन् ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भजाँच गराएको (आठ पटक)को रु ३ हजार र गाउँपालिकाले दिँदै आएको रु २ हजार गरी रु पाँच हजार नपाएको स्वास्थ्य इकाइका निमित्त इन्चार्ज जन बहादुर शाहीले बताउनुभयो । वडा कार्यालयले उक्त रकम निकासा नगरी दिदा आफुले स्वास्थ्य इकाइमा सुत्केरी हुँदै आएका सुत्केरी आमालाई उक्त रकम दिन नसकेको निमित्त इन्चार्ज शाहीले भनाई छ ।

गाउँपालिकाले आमा सुरक्षा कार्यक्रमको बजेट वडाको खातामा हालि सकेको भएपनि वडाले भुक्तानी नगरी दिदा सरकारले दिएको सुविधा पाउनबाट ती महिला बञ्चित भएका हुन् । स्वास्थ्य इकाइमा सुत्केरी भएका प्रति महिलाले रु पाँच हजार पाउने गरेका छन् । इकाइमा सुत्केरी भएका महिला दैनिक जसो रकम माग गर्दै कार्यालयमा पुगेपनि वडाले निकासा नगर्दा दिन नसकिएको उहाँले बताउनुभयो । वडाले भुक्तानी नगरिदिदा स्वास्थ्यकर्मीले ती सुत्केरी आमाको गुनासो झेल्नु परेको छ ।

इकाइका शाहीले भन्नुभयो, “सामुदायिक स्वास्थ्य इकाइले ६ महिनादेखि प्रशासनी खर्चसमेत पाउन सकेको छैन् ।” गाउँपालिकाले वडाको खातामा रकम जम्मा गरि दिएपनि साउन यतादेखि भुक्तानि निकासा रोकिदा प्रशासनिक खर्च नभएर कामकाजमा समस्या भएको छ ।” पटक पटक वडाध्यक्षलाई भुक्तानि निकासा गरिदिन आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको हो ।

यता वडाध्यक्ष बलविर शाहीका अनुसार, स्वास्थ्य इकाइ सञ्चालन भइ रहेको जग्गा स्थानीय जग्गाधनी ओबजन शाहीले स्वास्थ्य इकाइको नाममा नामसारी नगरी दिँदा उक्त सुविधा रोकेको बताउनुभयो । २०६९ सालमा जग्गाधनी ओबजन शाहीले जग्गाको मूल्य लिइसकेर पनि जग्गा पास नगरी दिँदा रोकिएको वडाध्यक्षको भनाई छ । केही दिन गाउँमा गएर जग्गाधनीसँग बसेर जग्गा स्वास्थ्य संस्थाको नाममा नामसारी गरि दिएपछि निकासा गर्ने वडाध्यक्ष शाहीले बताउनुभयो ।

जग्गाको मुल्य जग्गाधनीले लिएपछि नामसारी नगरिदिदा रोकेको उहाँले बताउनुभयो । सुत्केरी आमाले स्वास्थ्य संस्थामा गर्भजाँच गराएको उक्त रकम केही दिनमा निकासा हुने शाहीकाे भनाइ छ । वडाध्यक्ष शाहीका अनुसार अन्य कुनै कारण नभएर त्यहाँ कार्यरत स्वास्थयकर्मीले पनि जग्गाधनीलाई नामसारी गरिदिनका लागि झकझक्याउलान भनेर रोकेको मात्रै हो । केही दिनमा आमा सुरक्षा कार्यक्रमको रकम निकासा हुने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?