हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका-८ रादेउमा एक जना पुरुषको आगलागीमा परेर मृत्युभएको छ ।
गाउँभन्दा २ घण्टा टाढा दुरीमा रहेको कुरिल्ला लेखमा रहेको आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षिय हर्के ऐडीको बुधबार राती आगलागीमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताउनुभयो । रातीको समय हावाहुरी चलेर ऐडी तापि रहेको आगो हावाले उडाएर फिजारेपछि भेडीगोठमा आगलागी भएको र आगोमा परेर उनकाे मृत्युभएको निरिक्षक चन्दले बताउनुभयो ।
ऐडी अन्य दिन विहान गएर दिनभर भेडा वनमा चराएर घर फिर्ता हुने गरेपनि त्यो दिन भेडीगोठमा बास बसेका थिए । रादेउ गाउँबाट कुरील्ला लेख पुग्न करिव दुई घण्टा समय लाग्ने गर्दछ ।
ऐडीको आगलागीमा परेर मृत्युभएको जानकारी आउनसाथ सर्किदेउ प्रहरीचौकी ८ घण्टाको पैदल हिडेर राती नै घट्नास्थलमा पुगेर मुचुल्का गरेर शव घरपरिवार र आफन्तको जिम्मा लगाइएको निरीक्षक चन्दले बताउनुभयो ।
यस्तै भेडीगोठको आगलागीमा परेर ६० वटा भेडासमेत मरेको उहाँले बताउनुभयो । १ सय २० भेडा रहेकोमा ६० भेडा पनि आगलागीमा परेर मरेका छन् । भेडीगोठ नै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच