-दीपककुमार शर्मा
बाँके । चुराको गोदाम भएको स्थानमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।
आइतवार विहान ५ बजेर ३० मिनेटको समयमा नेपालगञ्ज उपमहानगर पालिका ५ रामनगरमा राजनकुमार नागको घरमा रहेको मोहम्मद आरिफ अन्सारीको चुराको गोदाममा आगलागी हुँदा उनका सालो नाता पर्ने बर्दिया मधुवन नगरपालिका ८ निवासी २३ वर्षिय समिर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँले हिमालय टाइम्ससँग कुराकानी गर्दै अधिकारीले आगलागी बाट अन्दाजी ४० देखि ४२ लाख सम्मको क्षति भएको बताउनु भयो । घर भाडामा लिएर चुरा व्यवसाय गर्दे आएका मोहम्मद आरिफ अन्सारी गम्भिर घाइते भएका छन उनको भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
आगलागीको कारण प्रहरीले खोजी गरिरहेको छ ।
मृतक ओली शनिवार मात्रै आफनो दिदी भिनाजुलाई भेटन नेपालगञ्ज गएका थिए । ओली घर भित्र सुतेको र उनका भिनाजु घर बाहिर सुतेको बेला गोदाममा एक्कासी आगलागी भएको थियो । आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी र दमकलको सहायताले करिब ३० मिनेट पछि नियन्त्रणमा लिइएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका