व्यक्तिको अनुहारबाट पार्टी रुपान्तरण सम्भव छैन : उपसभापति गुरुङ

'पार्टीविरुद्ध बोल्नेको पक्षमा म छैन'

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीविरुद्ध बोल्नेको पक्षमा आफू नभएको बताउनु भएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीविरुद्ध बोलेर पार्टीलाई आघात पुर्याउने गरी आफूले पनि नबोल्ने र बोल्नेहरुको पक्षमा पनि आफू नरहेको बताउनु भयो।

साथै उपसभापति गुरुङले रुपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५ औं अधिवेशनबाट पार्टी नेतृत्व रुपान्तरण हुने बताउनु भयो ।

उहाँले १५ औं महाधिवेशनमा पार्टीको सभापति बदल्ने लक्ष्य लिएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । १५ औं पार्टी महाधिवेशनमा डा. शेखर कोईरालालाई पार्टीको सभापति बनाउने उद्घोष गर्नुभयो ।

उहाँले उच्च तहका नेताहरुको सम्पती छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताउनु भयो । उहाँले फरक काँग्रेसीहरुले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पती विवरण छानबिन गर्न सरकारस्ँग आग्रह गर्नुपर्ने बताउनुभएको हो । उहाँले उच्च तहका नेताहरुको सम्पती छानबिन गरी रुपान्तरणको अभियान शुरु गर्नुपर्ने बताउनु भयो । उहाँले उच्च तहका नेताको सम्पती अब चाँडै नै छानबिन हुने बताउनु भयो । उपसभाति गुरुङले रुपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रुपान्तरण सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले भ्रष्टाचारका ठूला ठूला काण्डहरुको फाइल खोल्दै अनियमितता गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउने बताउनु भयो । उहाँले निष्ठा, विचार र सिद्धान्तको कुरामा मन्त्री पदको पर्वाह नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘धनराज गुरुङ यदी फरक काँग्रेस हो, शेखर कोईराला यदी फरक काँग्रेस हो भने हामीले भन्नैपर्छ । पहिला हाम्रो सम्पती छानबिन गरेर देखाउ सरकार भन्न सक्नुपर्छ । छानबिन समिति आयोग गठन गर भन्नुपर्छ । म आफैँ सरकारमा छु । म भन्दैछु । आज नीति तथा कार्यक्रममा आएको उच्च तहका नेताहरुको सम्पती छानबिन गर्ने भनेर हामीले लेखिसकेपछि अब भन्नैपर्छ की नेपाल सरकारले सायद ढिलो चाँडो म पनि मन्त्री छु, सुझाव दिएकै छु । ढिलो चाँडो उच्च तहका नेताहरुको सम्पती छानबिन आयोग गरेरै छोडिन्छ, कसैलाई छोडिँदैन ।रुपान्तरण त यहाँबाट होला नि त । विषयबाट गर्ने होला नि त रुपान्तरण । सिद्धान्तबाट गर्ने होला नि त रुपान्तरण, इस्युबाट होला नि त, रुपान्तरण व्यक्तिको अनुहारबाट खोज्ने होइन । भ्रष्टाचारका ठूला ठूला काण्डहरुको फाइल खोल्दै खोल्दै जाने हो, प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले भनेको छु, प्रधानमन्त्रीज्यु अघि बढ्नुस् । जो जो पर्छन् पर्छन्, काँग्रेस, एमाले, माओवादी को पर्छन् थाहा छैन, भ्रष्टाचारीलाई कानूनी कठघरामा उभ्याउने हो । म जहाँ छु त्यहीँ छु, मन्त्री भएपछि डराएको छैन, मन्त्री पद छोड्नुपरे छोडौँला, आफ्नो निष्ठा, सिद्धान्त छोडिन्न, विचार छोडिन्न ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?