निर्माण व्यवसायी संघ खोटाङको अधिवेशन माघ पहिलो हप्तामा

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । नेपाल निर्माण व्यवसायी संघ खोटाङको अधिवेशन आगामी माघ पहिलो हप्तामा हुने भएको छ ।

आईतबार जिल्ला समन्वय समितिको हलमा सम्पन्न १० औं साधारणसभाले छैटौ जिल्ला अधिवेशन आउने माघ ५ र ६ गते दिक्तेलमा गर्ने निर्णय गरेको छ ।

छैटौ जिल्ला अधिवेशन ऐतिहासिक, सभ्यभव्य बनाउन निर्माण व्यवसायी संघ खोटाङका अध्यक्ष रमेश पौडेल(दिनेश)को संयोजकत्वमा नौ सदस्यीय (मुल आयोजक)अधिवेशन व्यवस्थापन समिति गठन गरिएको छ ।

मूल आयोजक अधिवेशन व्यवस्थापन समिति सदस्यहरुमा कृष्ण प्रसाद घिमिरे, सुविन राई, प्रकाश थापा, दिलचक्र राई, युवराज रिजाल, कविकुमार राई, यादवसेन राई र भिषण राई हुनुहुन्छ ।

कविकुमार राईको संयोजकत्वमा पाँच सदस्यीय अधिवेशन प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ । सदस्यहरुमा भिम राई, विज्ञान राई, शसिकुमार राई, विराज अचार्य हुनुहुन्छ ।  प्रचारप्रसार समितिमा यादवसेन राईको संयोजकत्वमा नरेन्द्र ढकाल र प्रविन आचार्य तथा आर्थिक व्यवस्थापन संयोजकमा भिषण राईको नेतृत्वमा प्रकाश थापा, दिवासन राई र जोसेफ रिजाल हुनुहुन्छ ।

साधारण सभाले आगामी अधिवेशनसम्म पौडेल कायम रहेको समितिलाई नै आधिकारीक कार्य समितिको मान्यता दिने, निर्माण व्यवसायी संघमा आवद्ध सम्पूर्ण निर्माण कम्पनीहरुलाई यथासिघ्र सम्बन्धित निकायमा नविकरण गर्न सूचित गर्ने र संघमा नविकरण गर्न एक हजार १०० शुल्क निर्धारण गर्ने निर्णय गरेको छ ।

साधारण सभामा संघका अध्यक्ष पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शरद राई र सह–कोषाध्यक्ष विराज आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई साधारण सभाले अनुमोदन गरेको छ । निर्माण व्यवसायी संघलाई जिल्ला प्रशासन कार्यालयमा असोज मसान्तभित्र नविकरण गरिसक्ने जिम्मेवारी पनि अध्यक्ष पौडेललाई दिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?