समृद्धिद्वारा विद्यार्थीलाई न्यानो लुगा वितरण

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सले बुधबार बनेपा ८ स्थित चैतन्य माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ । कार्यक्रमअन्तर्गत २६ जना विद्यार्थीलाई कम्पनीका प्रमुख कर्जा अधिकृत सुभास श्रेष्ठ र चैतन्य माध्यमिक विद्यालयका प्रधानाध्यापक निशादेवी मानन्धरको उपस्थितिमा ज्याकेट वितरण गरिएको व्यवसाय प्रवद्र्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी गराउनुभयो ।

कम्पनीले समय-समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्य गर्दै आएको छ । कम्पनीले तीन महिनाको मुद्दती निक्षेपमा सर्वाधिक १३ प्रतिशत र बचत निक्षेपमा अधिकतम् १० प्रतिशतसहित आकर्षक ब्याजदरका विभिन्न बचत खातासमेत सञ्चालनमा ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?