बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

हिमालय टाइम्स
Read Time = 1 min

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमार्फत उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। उहाँले दोस्रोपटक विश्वासको मत पाउनु भएको हो ।

गत १३ फागुनमा राप्रपाका ३ जना मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई समर्थन समेत फिर्ता लिएका कारण शुक्रबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुभएको हो ।

११० सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मत पाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री जम्कट्टेलले राखेको विश्वासको मतको पक्षमा ६७ मत परेको हो भने विपक्षमा १७ मत प¥यो ।  साथै ७ जना सांसद भने तटस्थ बसेका छन् ।

मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिए भने एमाले र राप्रपाले दिएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?