बोर्डविरुद्ध नेपाल चलचित्र संघको चरणबद्ध आन्दोलन

Read Time = 2 mins

काठमाडौं । चलचित्र विकास बोर्डविरुद्ध नेपाल चलचित्र संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । बुधबार राजधानीमा संघका देशभरका सय बढी सदस्यको भेलाले बोर्डको काम कारबाहीविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

संघका महासचिव नरेन्द्र महर्जनले जारी गरिएको विज्ञप्तिमा बोर्ड निष्पक्ष हुन नसकेको र नेपाल चलचित्र संघको सदस्यहरूलाई आफ्नो व्यवसायबाटै विस्थापन गर्ने खालका क्रियाकलाप गरेको निष्कर्ष निकालेको उल्लेख छ । पटक-पटकको वार्तामा पनि बोर्डले चलचित्र व्यवसायीको समस्यालाई गम्भीरतापूर्वक नलिएको र व्यवसायलाई एकपछि अर्को निर्णयबाट विस्थापित गर्ने खालको गतिविधि हुँदै गएको उल्लेख गर्दै चार बुँदे चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

पुस १२ मा सञ्चारमन्त्रालयमा ज्ञापनपत्र बुझाउने, १५देखि१७ गतेसम्म कालोपट्टी बाँधेर हलमा विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख छ । उक्त मितिसम्म पनि मन्त्रालयले ठोस सम्बोधन नगरे विकास बोर्डमा धर्ना र तालाबन्दी गर्ने निर्णय भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?