बेलारुसकी विपक्षी नेतृलाई १५ वर्ष जेल सजाय

Read Time = 2 mins

मिन्स्क । बेलारुसकी विपक्षी नेतृ सियात्लाना जिखानासकयालाई १५ वर्ष जेल सजाय सुनाइएको छ । सियात्लानालाई देशद्रोह र सत्ता कब्जाको षड्यन्त्र गरेको अभियोगमा १५ वर्षको जेल सजाय सुनाइएको हो । छिमेकी देश लिथुआनियामा निर्वासित जीवन बिताइरहनुभएकी ४० वषीर्या सियात्लानालाई उहाँको अनुपस्थितिमा उक्त सजाय सुनाइएको हो ।

प्रजातन्त्रका पक्षमा गरेको वकालतको बदलामा आफूलाई दण्डित गरिएको उहाँले प्रतिक्रिया दिनुभएको छ । उहाँले सन् २०२० को राष्ट्रपतिय निर्वाचनमा वर्तमान राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँग प्रतिस्पर्धा गर्नुभएको थियो । धाँधली भएको आरोप लगाइएको उक्त निर्वाचनमा लुकासेन्को अत्यधिक मतका साथ विजयी हुनुभएको थियो । लुकासेन्कोको विवादास्पद विजयको विरोधमा चर्किएको आन्दोलनमाथि प्रहरीले दमन गरेर ३५ हजारभन्दा बढीलाई गिरफ्तार गरेको थियो ।

उक्त आन्दोलनमा थुप्रै विपक्षी नेता तथा अभियानकर्ता समातिएका थिए भने सियात्लानालगायत नेताहरू भागेर छिमेकी देश लिथुआनिया पुगेका थिए । निर्वासनमा गएका नेताहरूविरुद्ध देशद्रोह र असंवैधानिक तरिकाले सत्ता कब्जा गर्न खोजेको अभियोगमा मुद्दा चलाइएको थियो ।

केही दिनअघि मात्रै बेलारुसकै एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता एलेसलाई सरकारविरोधी प्रदर्शनलाई आर्थिक सहयोग गरेको अभियोगमा दश वर्षको जेल सजाय सुनाएको थियो । लुकासेन्को करिब तीन दशकदेखि सत्तामा रहनुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?