काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । निरन्तर बढिरहेको अमेरिकी डलरको मूल्य पनि १७ पैसाले बढेको छ । अघिल्लो दिन पनि करिब एक रुपैयाँले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार बिहीबारको विनिमय दरमा एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा तोकिएको छ । यसअघि बुधबार भने यसको खरिदमूल्य १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसामा कारोबार भएको थियो ।
बिहिबारका लागि एक युरोको खरिददर १४० रुपैयाँ ६ पैसा र बिक्रीदर १४० रुपैयाँ ७० पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४ पैसाले घटेको हो । बुधबार यसको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा थियो ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बिहिबार १५९ रुपैयाँ १६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८८ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४० पैसा रहेकाे छ । बिहीबार कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँमा २७ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५ रुपैयाँ २७ पैसा तोकेको छ । यूएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३६ रुपैयाँ ७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ४१ पैसा र बिक्रीमा २९ रुपैयाँ ५४ पैसा रहेकाे छ ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ७४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५१ रुपैयाँ ३९ पैसामा किनबेच भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच