मर्स्याङ्दीमा खसेर सशस्त्र प्रहरी जवान बेपत्ता

सांकेतिक तस्बिर

Read Time = 1 min

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् ।

लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन् ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका-४, विजुलीकोट घर भएका महत सशस्त्र प्रहरीको २२ नं। गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं। गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए । सशस्त्र प्रहरी बल लमजुङका डीएसपी मानबहादुर शाहीका अनुसार शुक्रबार बिहान १० बजेतिर उक्त घटना भएको हो । उहाँका अनुसार खोजीकार्यका लागि बेंसीसहरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?