16th May | 2021 | Sunday | 6:59:08 PM

नेदरल्याण्ड्सविरुद्ध नेपालको सहज जित– कुशल भुर्तेलको डेब्यू खेलमै कीर्तिमानी कायम

हिमालय टाइम्स   POSTED ON : बैशाख ४, २०७८ (४:४८ PM)

नेदरल्याण्ड्सविरुद्ध नेपालको सहज जित– कुशल भुर्तेलको डेब्यू खेलमै कीर्तिमानी कायम

काठमाडौं । कुशल भुर्तेलले डेब्यू खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गर्नुभएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गर्दै काठमाडौंको कीर्तिपुरमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा विजयी सुरुवात गरेको छ ।

डेब्यूकर्ता खेलाडीद्वय कुशल भुर्तेल र आसिफ सेख अर्धशतकीय पारी खेल्नुभएपछि नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रनको योगफल तयार गरेको थियो । 

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा एक विकेट मात्र गुमाएर लक्ष्य पूरा ग¥यो ।

कुशलले ६२ रनको अर्धशतकीय पारी खेल्नुभयो । यो नेपाली टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने खेलाडीहरुले पहिलो खेलमा बनाएको सर्वाधिक ठूलो स्कोर हो । यसअघि सन्दीप जोराले यूएईविरुद्ध अविजित ५३ रनको अर्धशतकीय पारी खेल्दै कीर्तिमान रचेका थिए । सन्दीपका नाममा रहेको कीर्तिमान कुशलले भंग गर्नुभएको हो ।  

कुशलले ४६ बलमा ५ चौका र ५ छक्को मद्दतमा ६२ रनको पारी खेल्नुभएको हो । उहाँले ३० बलमा ४ छक्का ५ चौका प्रहार गर्दै आफ्नो ५० रन पूरा गर्नुभएको थियो । १३औं ओभरको चौथो बलमा जुलिन डि मेको बलमा कुशललाई पितर सेलरले क्याच आउट गर्नुभएको थियो ।

कुशलले आसिफसँग पहिलो विकेटका लागि १ सय १६ रनको साझेदारी गर्दै नेपाललाई निकै राम्रो सुरुवात दिलाउनुभएको थियो । यस्तै अर्का डेब्यू खेलाडी आसिफ सेखले ५४ रनको अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ३८ बलको सामना गर्दै ४ चौका र ४ छक्का प्रहार गर्नुभयो । उहाँले ३६ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५० रन पूरा गर्नुभएको थियो । आसिफले १३औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गर्नुभएको थियो ।

कप्तान ज्ञानेन्द्र मल्लले डेब्यू खेलाडीले गरेको प्रदर्शनको प्रशंशा गनुृभयो । उहाँले दुवै खेलाडीले बहादुरीपूर्ण प्रदर्शन गरेको बताउँनुभयो ।

कप्तान ज्ञानेन्द्र मल्लले १५ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै नेपालका लागि विजयी रन बटुल्नुभएको थियो । ज्ञानेन्द्र ७ बलमा १३ रन जोड्दै अभिजित रहनुभयो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो ।

नेदरल्याड्सका लागि ओ डाउडले ११ बल खेल्दै २ चौकासहित १० रन बनाउनुभयो । दोस्रो विकेटका लागि नेदरल्याण्ड्सका एस इडवर्डस र बी डी लिड्सले ६० रनको साझेदारी गर्नुभयो । अर्का डेब्यू खेलाडी सहाब अलामले १४औं ओभरको अीन्तम इडवर्ड्सलाई कुशल भुर्तेलको हातबाट क्याच गराएर यो साझेदारी तोड्नुभएको थियो । इडवडर्सले ३२ बलमा २ चौका र एक छक्का प्रहार गर्दै ३० रन जोडे्नुभयो ।

सन्दीप लामिछानेले १७औं ओभरको अन्तिम बलमा लिड्सलाई पनि कुशल भुर्तेलको हातबाट क्याच गराउनुभयो । लिड्सले ४९ बलमा ३ चौका र दुई छक्का प्रहार गर्नुभयो ।  अन्तिममा कप्तान पिटर सिलर १७ बलमा २२ र एन्टिनोस स्टल ९ बलमा २० रन बनाउँदै अभिजित रहनुभयो । नेपालका सन्दीपले २ तथा सोमपाल र सहाबले एक एक विकेट लिनुभयो ।

जारी त्रिकोणात्मक शृंखलामा नेपाल, नेदरल्याण्ड्स  मलेसियाले खेलिरहेका छन् । शृंखला अन्तर्गत आइतबार नेदरल्याण्ड्स र मलेसिया भड्निेछन् । नेपालले अर्को खेल सोमबार मलेसियासँग खेल्ने तालिका छ । डबल राउण्ड रोबिनको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्।  फाइनल ११ गते हुनेछ । 




Views: 91