सागमा पदक विजेता एथलेटिक खेलाडी सम्मानित

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७८ (६:४२ AM)

सागमा पदक विजेता एथलेटिक खेलाडी सम्मानित

काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडी सोमबार सम्मानित हुनुभएको छ । नेपाल एथलेटिक्स संघले एक कार्यक्रमको आयोजना गर्दै १३ औं सागमा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको हो । १३ औं सागमा नेपालले एथलेटिक्सतर्फ तीन स्वर्णसहित कुल आठ पदक जितेको थियो ।

संघले स्वर्ण विजेतालाई एक लाख नगदबाट पुरस्कृत गरेको हो । यस्तै, रजत विजेतालाई ३५ हजार र कास्य विजेतालाई २० हजार नगदबाट पुरस्कृत गरेको छ । सागमा सन्तोषी श्रेष्ठले १० हजार मिटर, गोपीचन्द्र पार्कीले पाँच हजार मिटर र किरण सिंह बोगटीले म्याराथनमा स्वर्ण पदक जित्नुभएको थियो । महिलाको म्याराथनमा पुष्पा भण्डारीले रजत जित्नुभएको थियो ।

यस्तै, सोमबहादुर कुमालले आठ सय मिटर, टंक कार्कीले १५ सय मिटर, हरि कुमार रिमालले पाँच हजार मिटर र दीपक अधिकारीले १० हजार मिटरमा कांस्य पदक जित्नुभएको थियो । खेलाडीहरूलाई एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहलगायतले पुरस्कृत गर्नुभएको हो । 


Top