फर्किनुभयो मन्डे र मुकुन्द्र

हिमालय टाइम्स   POSTED ON : आश्विन २५, २०७८ (७:०९ AM)

फर्किनुभयो मन्डे र मुकुन्द्र

काठमाडौं । जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडी मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन शनिबार स्वदेश फर्कनुभएको छ । अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा मन्डेले दोहोरो स्वर्ण पदक जित्नुभएको थियो । मुकुन्द्रले एक स्वर्ण र एक कास्य हात पार्नुभएको थियो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य इन्दिरा निरौलालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । प्रतियोगितामा सहभागी अर्का नेपाली खेलाडी सुमन तिमल्सिना यसअघि नै स्वदेश फर्किसक्नुभएको छ । सुमनले पनि एक स्वर्ण र एक कास्य हात पार्नुभएको थियो ।


Top