लण्डन । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी साउथ हप्टनसँग हारबाट जोगिएको छ । एक गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा अमेरिक लापोर्टाले गोल गरेपछि सिटीले साउथहृयाम्टनसँग एक/एक गोलको बराबरी गरेको हो ।
सेन्ट मेरिस स्टेडियमा शनिबार राति भएको खेलमा घरेलु टोलीका लागि केल वाल्कर पिटर्सले एक गोल गर्नुभयो । सिटीका अमेरिक लापोर्टाले बराबरी गोल फर्काउँदै हारबाट जोगाउनुभएको हो ।
सातौँ मिनेटमा नै केल वाल्करले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । ६५औँ मिनेटमा अमेरिक लापोर्टाले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याउनुभएको थियो ।
यो बराबरीसँगै प्रिमियर लिगमा म्यानचेस्टर सिटीको लगातार १२ खेलसम्मको जित यात्रामा पूर्णविराम लागेको छ । सिटी ३० अक्टोबर २०२१ म क्रिस्टल प्यालेससँग २-० ले पराजित भएयता लगातार १२औँ जित निकाल्न सफल भएको थियो ।
समग्रमा आठ खेलपछि सिटीको विजयी यात्रामा पूर्णविराम लागेको हो । सिटी ७ डिसेम्बरमा आरबी लाइप्जिगसँग २-१ ले पराजित भएयता लगातार ८ खेलमा अपराजित रहेको थियो । यो बराबरीसँगै शीर्ष स्थानमा रहेको सिटीको २३ खेलबाट ५७ अंक पुगेको छ ।
सिटी दोस्रो स्थानको लिभरपुलभन्दा १२ अंकले अघि छ । लिभरपुलले दुई खेल कम खेलेको छ । साउथहृयाम्टन २२ खेलबाट २५ अंक जोडेर १२औँ स्थानमा रहेको छ ।
अर्काे खेलमा घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडले वेस्ट हृयाम युनाइटेडमाथि १-० को कठिन जित निकालेको छ । युनाइटेडको जितमा इन्जुरी समयमा मार्कुस रासफोर्डले गरेको गोल निर्णायक बन्यो । उहाँले इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा इडिन्सन काभानीको पासमा गोल गर्नुभएको थियो ।
जितसँगै युनाइटेड २२ खेलबाट ३८ अंक जोडेर शीर्ष चारमा उक्लिएको छ । पराजित वेस्ट हृयाम २३ खेलबाट ३७ अंक जोडेर पाँचौँ स्थानमा झरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच