लताको स्वास्थ्यमा सुधार

Read Time = 1 min

मुम्बई  । भारतकी चर्चित गायिका लता मंगेशकरको अवस्थामा सुधार आएको छ । तर उहाँ अस्पतालको इन्टेन्सिभ केयर युनिट अर्थात् आइसीयूमा नै भर्ना हुने अस्पतालले जानकारी दिएको छ । हल्का लक्षणसहित ८ जनवरीमा ९२ वर्षीया लता मंगेशकर कोरोनाद्वारा संक्रमित हुनुभएको छ । त्यसपछि उहाँलाई दक्षिणी मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा आइसीयूमा भर्ना गरिएको थियो । 

लता मंगेशकरको स्वास्थ्यको विषयमा पछिल्लो जानकारी दिँदै ब्रीच क्यान्डी अस्पतालका असोसिएट प्राध्यापक डाक्टर प्रतीत सामदानीले समाचार एजेन्सी पीटीआईलाई भन्नुभएको छ, ‘उहाँको स्वास्थ्यमा सुधार छ । उहाँ आइसीयूमा हुनुहुन्छ । उहाँ कति दिनसम्म अस्पतालमा भर्ना हुनुहुनेछ भनेर जानकारी दिन मुश्किल छ ।’ लता मंगेशकरको परिवारसँग नजिक अनुषा श्रीनिवासन अøयरले गायिकाको स्वास्थ्यमा सुधार भएको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?