सन्तोष शाह मास्टरशेफको विजेता

Read Time = 3 mins

काठमाडौं । सन्तोष शाह ‘बीबीसी मास्टरसेफ’का विजेता बन्नुभएको छ । शाहले सोमबार सम्पन्न भएको ‘बीबीसीको युके मास्टरशेफ प्रोफेशनल्स रिम्याच २०२१’ उपाधि हात पार्नुभएको हो । विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टलाई पुनः अवसर दिँदै उक्त प्रतिस्पर्धा भएको थियो ।

प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरू सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क हुनुहुन्थ्यो । प्रतिस्पर्धामा नेपाली परिकारहरू पस्केर अन्य तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै सन्तोषले उपाधि हात पार्नुभएको हो । 

अघिल्लो संस्करणमा उहाँले नेपाली परिकार बनाएर निर्णायक मार्कस वेयरिङ, मोनिका गालेटी र ग्रेग वालेसलाई मात्र नभई नेपाली दर्शकलाई समेत निकै प्रभावित बनाउनुभएको थियो । उहाँले विजेता बनेसँगै बीबीसी मास्टरसेफको भान्सामा खाना पकाउन आमन्त्रित हुन पाउँदा निकै रमाइलो लागिरहेको बताउनु भएको छ । साथै नेपाली परिकारलाई विश्वमा चिनाउन पाएकोमा निकै गर्व लागेको उहाँको तर्क छ ।

प्रतिस्पर्धामा म्यारिनेटेड चिकेन ब्रेष्ट, तामाको अचार, कुखुराको मासुको झोल, कोदोको पुलाव, मालपुवा र भूइँकटहरको राबडीलगायत परिकार बनाएर पस्कनु भएको थियो । साथै सुपको आइसक्रिम, तरुल, काउली, भन्टा, आलुलगायत सात प्रकारका तरुवासमेत बनाएर खुवाउनु भएको थियो । निर्णायकमध्ये मोनिका गालेटीले सन्तोष शाहले पाएका हरेक परिकार खाँदा उहाँसँगै आफूले नेपालको यात्रा गरिरहेको जस्तो महसुस भएको प्रतिक्रिया दिनुभएको थियो । 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?