वर्षकै खराब कम्पनी फेसबुक !

Read Time = 2 mins

काठमाडौं । दुई महिनाअघिमात्रै आफ्नो कम्पनीको नाम परिवर्तन गरेको फेसबुक एक सर्वेक्षणमा वर्षकै खराब कम्पनीमा परेको छ । मुख्य कम्पनी ‘फेसबुक इंक’को नाम परिवर्तन गरी ‘मेटा’ राखिएको थियो । कम्पनीको नाम परिवर्तन गरेको एक/दुई महिना नबित्तै भएको एक सर्वेक्षणले फेसबुक/मेटा यो वर्षको सबैभन्दा खराब कम्पनी भएको देखाएको हो । याहु फाइनान्सले बजार र कम्पनीका अन्य उपलब्धिका आधारमा हरेक वर्ष ‘कम्पनी अफ दि एयर’ र ‘वस्र्ट कम्पनी अफ दि एयर’ घोषणा गर्दै आएको छ ।

त्यसका लागि याहुले प्रयोगकर्ताबीचमा ‘पोल’मार्फत समेत सर्वेक्षण गरेको थियो । सोही सर्वेक्षण अनुसार फेसबुक यस वर्षको ‘वस्र्ट कम्पनी अफ दि एयर’मा पर्न सफल भएको हो । उक्त अध्ययनमा रोबिनउडको, निकोलालगायत धेरै कम्पनी सहभागी भएका थिए भने, सर्वेक्षणमा १५ सय ४१ जनाको सहभागिता थियो । त्यसमा फेसबुक जम्मा ८ प्रतिशत भोट प्राप्त गर्दै अध्ययनका अन्त्यमा रहेको जनाइएको छ । सर्वेक्षणमा सहभागीमध्ये धेरैले फेसबुक बालबालिका तथा युवाहरूका लागि घातक बन्दै गएको प्रतिक्रिया दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?