काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट नियुक्त हुनु भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हाल भट्ट नेपाल विशेष आर्थिक क्षेत्र (सेज) मा कार्यरत हुनुहुन्थ्यो । उहाँले यस अघि पनि आयल निगमको निमित्त कार्यकारी निर्देशकको भूमिका निर्वाह गरिसक्नुभएको छ। गोरखाको भीमसेन थापा गाउँपालिका–१ का डा. भट्टसँगै आयल निगमको कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले तीनजनाको नाम सिफारिस गरेको थियो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पदपूर्ति समितिले इन्जिनियर डा. चण्डिका प्रसाद भट्टसहित डा.डोलप्रसाद चापागाईँ र सत्रुध्नप्रसाद पुडासैनीको नाम सिफारिस गरेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ अनुसारसमितिको फागुन ५ गतेको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरुको नाम मन्त्रालय समक्ष सिफारिस गरेको हाे ।
समितिको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरुको नाम वर्णानुक्रमका आधारमा मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो ।
खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न समितिले गत पुस ७ सार्वजनिक सूचनाबमोजिम दरखास्त आह्वान गरेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच