बसको ठक्करबाट स्याङ्जामा एक जनाको मृत्यु

Read Time = 1 min

स्याङ्जा । पुतलीबजार नगरपालिका-११ करेन्डाडाँमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

घरबाट बाहिर निस्किएका ७२ वर्षीय यमबहादुर जिटीको बसको ठक्करबाट घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक पदम थापाले बताउनु भयो ।

सुनौलीबाट स्याङ्जा आउँदैगरेको ना४ख ३८२८ नम्बरको बसले उनलाई आफ्नै घर नजिकै ठक्कर दिएको हो । प्रहरीले सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ ।

शव जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ । दुर्घटनापछि आक्रोसित परिवार र स्थानीयले चार घण्टा सिद्धार्थ राजमार्ग अवरुद्ध गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?