राष्ट्रपतिमा भोट माग्न राप्रपा नेताहरुसँग छलफलमा पौडेल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा आफूलाई मत माग्न नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुसँग भेट गर्नुभएको छ ।

आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलसँगै नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रपति उम्मेदवार पौडेलले राप्रपा पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङदेनसँगै अन्य नेता तथा सांसदहरुसँग अहिले भेट गरिहनुभएको छ ।

पौडेलले आजै बिहान नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेट गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?