१८ बर्षीय छात्रद्वारा ब्याक गियरसहितको इलेक्ट्रोनिक मोटर बाइकको निर्माण

Read Time = 4 mins

अर्घाखाँची । अर्घाखाँचीमा एक बिद्यार्थीले ब्याक गियर सहितको इलेक्ट्रोनिक मोटर बाइकको निर्माण गरेका छन । जिल्लाको सन्धिखर्क नगरपालिका वडानं. १ पाणिनी चोक निवासी सागर पोख्रेलले ब्याक गियरसहितको इलेक्ट्रोनिक मोटर बाइक निर्माण गरेका हुन् । बुटवलमा कक्षा १२ मा अध्ययनरत १८ बर्षीय पोख्रेलले घर बिदाको सदुपयोग गरी कुनै प्राबिधिक र तालिम बिना इलेक्ट्रोनिक मोटर बाइक बनाएका हुन् । घर वरीपरी पाईने स्थानिय सामाग्री र बजारमा किन्न पाईने अन्य सामाग्री संकलन गरी बाईक निर्माण गरेको पोख्रेलले बताए । आफुलाई घरपरीवारको पुर्ण सहयोग रहेको भन्दै राज्यको सपोर्ट पाएमा अझै राम्रोसंग मोटर वाईक निर्माण गर्न सकिने जनाए । करीब १ लाख २० हजार रुपैयामा निर्मीत उक्त बाईकको ८० केजी तौल रहेको र ५ घण्टा बिद्युत चार्ज गरेमा झण्डै सय किलोमिटरसम्म गुड्ने पोख्रेलले बताए । पोख्रेलले यसअघि पनि स्थानिय सामाग्रीहरु प्रयोगगरी स्काभेटर,भ्याकुम,रोबर्ट लगायतका उपकरणहरु निर्माण गरेका थिए । 

बाईकको बिहिवार एक कार्यक्रमका बिच सन्धिखर्कको टुडिखेल मैदानमा डेमो प्रदर्शन गरिएको छ । डेमो प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दे सन्धिखर्क नगरपालीकाका नगर प्रमुख कमल भुसालले मोटर बाईक निर्माणले सिङ्गो नगरपालीका र जिल्ला खुसि भएको भन्दै राम्रा कामकोलागी सन्धिखर्क नगरपालीकाबाट सक्दो सहयोगहुने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । भुसालले सभारी साधन व्यक्तिको जिवनसंग जोडिएकोले सम्पुर्ण मापदण्डहरु पुरागरी व्यवसायीक रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक, जिल्ला शिक्षा समन्यव इकाइ प्रमुख मनिराम पराजुली, सनिधखर्क ३ का वडाअध्यक्ष लिलाराम गौतम,१ का वडाअध्यक्ष युवराज बन्जाडे, २ का वडाअध्यक्ष मोतिजंग रायमाझी,नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सन्धिखर्क १२ का वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता, वडा सचिव अनन्तमणि पोख्रेलको स्वागत मनतब्य र बिक्रम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।  

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?