अघिल्लो हप्ता छापिएका ऐतिहासिक लेखहरु छुटाउनु भयो कि ?

Read Time = 7 mins

अघिल्लो हप्ता हिमालय टाइम्समा छापिएका विचारहरुमा विशेषत ऐतिहासिक पाटोका लेखहरु छापिएका थिए । यी लेखहरुले कतै न कतैबाट नेपाल र नेपाली  समाजको इतिहास बोलिरहेका थिए ।

 तिनीहरु मध्ये केहीलाई यहाँ समावेश गरिएको छ ।

प्रा.डा. तीर्थप्रसाद मिश्रले आफ्नो लेख मार्फत लिच्छवि को हुन् र कहाँ गए ? भन्ने शीर्षकमा उत्तर भारतको वैशाली भन्ने ठाउँमा इसापूर्वतिर लिच्छविहरूको गणराज्य कायम रहेको र उक्त गणराज्यको पतन भएपश्चात् केही लिच्छविहरू बसाइँ सर्दै नेपाल खाल्डोमा शरणार्थीका रूपमा प्रवेश गरी बसोबास गर्न थालेका हुन् भन्ने एकाथरिको भनाइ भएको उल्लेख गर्नुभएको छ ।

लिच्छवि वंशका सन्तति हाल काठमाडौं उपत्यकामा रहेका ज्यापु समुदाय नै हुन् भन्ने बाबुराम आचार्यको भनाइ उद्दृत गर्दै प्राडा मिश्रले लिच्छवि जाति अरू कोही नभएर नेपालकै किरातहरू जस्तै आदिवासीहरू हुन् । र, उनीहरू कालन्तरमा नेपाल खाल्टोकै नेवार समुदायमा समाहित भए भन्ने अनुमान गर्न सकिने कुरा लेख मार्फत व्यक्त गर्नु भएको छ । 

उहाँले विभिन्न लिच्छवीकालका अभिलेखहरुलाई मार्फत आफ्नो लेखलाई पुष्ट्याउनु भएको छ ।

धनविक्रम सिंहले आफ्नो ‘देशको ऐतिहासिक स्थल र धरोहरमाथि बक्रदृष्टि’ लेख मार्फत आनन्दराज बतास नेपालको ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक धरोहरहरूमाथि चलखेल गरी आर्थिक उपार्जन गर्न कम्मर कसेर लागि परेको नारायणहिटी राजदरबार जस्तो ऐतिहासिक धरोहरमा तात्कालिन एमाले सरकार कुकृत्यको पर्दाफास भएको उल्लेख गर्नुभएको छ ।

मणि शर्माले राजाको सन्देश र हाम्रो कर्तव्य शीर्षकको विचार मार्फत राष्ट्र एकीकरणमा पृथ्वी नारायण शाहको योगदान र तत्पश्चात उहाँको सम्मानमा भएको कञ्जुयाँईका विषयमा उल्लेख गर्नुभएको छ ।  उहाँले पृथ्वी नारायण शाहले नेपाल एकीकरण नगरिदिएको भए नेपाल आज कुन अवस्थामा हुनेथियो र भारतको एउटा प्रान्त बनेर रहने अवस्था आउने कुरा आफ्नो लेख मार्फत राख्नु भएको छ । पृथ्वी नारायण शाहमा सवै समुदायप्रति उत्तिनै स्नेह र आदरसम्मान रहेको बताउँदै शर्माले जातिय भेदभाव कतै नभएको उल्लेख गर्नुभएको छ । मुलुक बनाउने बाहुन, क्षेत्री, शिल्पी, जनजाति, आदिवासी, मुसलमान र तराईका रैथानेहरूको महत्वपूर्ण हात छ । त्यसैले यो सबैको साझा फूलबारी भएको हो भनेर पृथ्वी नारायण शाहको दिव्य उपदेशमा उल्लेख रहेको उहाँको विचार छ ।

प्रा.डा. कुलप्रसाद कोइरालाले मकर हरहर राजनीतिको कहर शीर्षकमा लेख पस्किँदै नेपाली राजनीतिमा देखिएको विसंगति हारलाई हार नसंझिने, आफ्नो हारमा षडयन्त्र देख्ने, जितमा उन्माद हुने लगायतका विषयलाई सटिक उदाहरण दिनु भएको छ । 

मकर राशिमा गएका सूर्यको तेज बढेँ झै भर्खर महाधिवेशन सकाएका नेपाली राजनीतिक दलहरुले त्यसैगरी चरित्र सुधारेर अघि बढ्न सकुन् भन्ने विचार प्राडा. कोइरालाले व्यक्त गर्नुभएको छ ।

डा.नारायणप्रसाद निरौलाले श्रीस्वस्थानी व्रत महिमा शीर्षकमा श्रीस्वस्थानी व्रत विधि, १०८ वस्तु अर्पणको रहस्य, व्रत कथाको महिमाका विषयमा संसार के हो ? यो चराचर जगत्का नियन्ता को हुन् ? किन हामीले व्रत उपासना गर्नुपर्दछ ? व्रत उपासनाले के फल पाइन्छ ? यसको निन्दा गर्नाले कस्ता दुःख र कष्ट भोग्नुपर्छ भन्ने कुराको ज्ञान विभिन्न कथामा व्यक्त गरिएको छ । विशेषतः चित्त शुद्ध गरी परमेश्वरप्रति भक्ति भाव व्यक्त गर्नाले यो लोकमा सुुख शान्ति प्राप्त हुनुका साथै परलोकमा उत्तम गति प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको उल्लेख गर्नुभएको छ ।

श्रीमन्नारायणको यहाँ पनि सीमा विवाद 

शम्भु कोइरालाको स्थानीय तह चुनाव बहस  सेवा प्रवाह नरोकियोस्

डा उद्धव पुरीको  सत्य, सहनशीलता र मैत्री लगायत लेखहरु हिमालय टाइम्सले छापेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?