काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार साँझ टर्की भ्रमणमा जाँदैछन् । टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुको निमन्त्रणामा खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साताव्यापी भ्रमणमा जान लागेका हुन् । २७–२९ फागुनमा आयोजना हुने अन्ताल्याया कूटनीतिक मञ्चमा मन्त्रीखड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको सन्दर्भमा हुन परराष्ट्रमन्त्री खड्काको भ्रमण हुन लागेको हो । मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञको सहभागिता रहने छ । यस वर्षको वार्षिक फोरमको विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ ।

स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल