बारा-२ मा ६३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 2 mins

बारा । बारामा आइतबार भएको उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा विहान ७ बजे देखि शुरु भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी गराउनुभयो ।

१ सय ३७ वटा मतदान केन्द्रहरुमा कडासुरक्षाका बीच मतदान शान्तिपूर्ण रुपले सम्पन्न भएको हो ।
यस क्षेत्रमा लगभग ६३ प्रतिशत मत खसेको प्रारम्भिक रिपोर्ट आएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी गराउनुभयो ।
मत पेटिकाहरु संकलनको कार्य शुरु गरिएको प्रजिअले जानकारी गराउनुभयो । यसै बीच उपनिर्वाचनको मतगणना कलैया उपमहानगरपालिका ३ स्थित शैक्षिक तालिम केन्द्रमा गरिने भएको छ ।

मत गणनास्थलमा सुरक्षाको कडा मिलाइएको छ । मतगणना गर्ने कोठामा तारजाली लगाइनुका साथै सिसी टीभी जडान गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी गराउनुभयो ।

२०७९ साल मंसिर ४ गते भएको निर्वाचनमा यस निर्वाचन क्षेत्रमा ६० प्रतिशत मतदान भएको थियो । मंसिरमा भएको निर्वाचनमा १ लाख ६५ हजार मतदाता रहेको यस क्षेत्रमा ६३ हजार ७ सय ४२ मत खसेको निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले बताउनुभयो ।

हाल यस क्षेत्रको कुल मतदाता १ लाख ५ हजार २ सय ४७ रहेको उहाँले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?