संखुवासभा । संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मादीको ओखरबोटे बजार बाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको संखुवासभाका प्रमुख जिल्ला नुरहरि खतिवडाले जानकारी दिनुभयो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले दिएको जानकारी अनुसार दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो र पाँच जना घाइते भएका छन् ।
बिहीबार बिहान साढे सात बजे मादी– ६ को सातघुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा परेका तीन जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुकाे पहिचान खुल्न सकेकाे छैन ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच