नमुना उद्यमशीलका रूपमा अघि बढ्दै मगर

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका-५ मा रहेको एम्स एग्रिकल्चर रिसर्च सेन्टरका सञ्चालक तथा युवा उद्यमी मनोज बुढाथोकी मगर समाजका लागि नमुना उद्यमशीलका रूपमा अघि बढिरहनुभएको छ । ‘समाजलाई केही गरेर देखाउनुपर्छ,’ बुढाथोकी मगरले भन्नुभयो, ‘अहिले बंगुर पालन गरेर बजारबाट निस्कने फोहोरलाई मोहोरमा परिणत गर्न लागिपरेका छौँ । नगरपालिकाबाट निस्कने फोहोरको यकिन गरेर हामी लिन्छौँ ।’ बजारलाई सफा, स्वच्छ र सुन्दर बनाउनका लागि फोहोर उठाउन प्रत्येकको घरमा कम्पनीको गाडी अब जाने भएको छ । सो फोहोरलाई कम्पनीमा ल्याएर व्यवस्थापन गरिने सञ्चालक बुढाथोकी मगरले बताउनुभयो ।

रोजगारीका लागि ऋण काढेर विदेशिनुपर्ने धेरै युवाको बाध्यता छ । तर, रोजगारीका लागि देश छोड्ने युवाको भिडमा एउटा नमुना उद्यमी हुन चाहने युवा खोज्न व्यस्त हुनुहुन्छ मगर । घरभित्रै उद्यमी बनेर काम गर्नसक्ने युवाको खोजी गरिरहेको छ एम्स एग्रिकल्चर सेन्टरले । विसं २०७४ सालबाट ६ लाख रुपैयाँ लगानीमा सुरु गरिएको बंगुर पालनबाट मनग्य आम्दानी भएको छ । सुरुमा व्यवसाय गर्दा तीनवटा बंगुरबाट भएको हो । आजसम्म पुग्दा ४५ वटा रहेका छन् । बहुउद्देश्यीय लक्ष्यले बंगुर पालन सुरु गरिएको हो । बजारमा फोहोर बढ्दै गएपछि नगरपालिकालाई व्यवस्थापनको सकस पनि उत्तिकै छ ।

बंगुर पालेर बजारको फोहोरलाई मोहोरका रूपमा प्रयोग गरिरहेका छौँ । बंगुर फर्ममा रहेको जग्गा लिजमा लिएर व्यावसायिक तरकारी खेती गर्ने र बंगुरकोे दिसालाई मलका रूपमा प्रयोग गर्ने योजना छ । बजारको फोहोर बंगुरको खानामा प्रयोग हुने भएको छ । बंगुरबाट निस्कने दिसा मलका रूपमा प्रयोग गरी तरकारी खेतीमा निकै राहत पुग्ने एम्स एग्रिकल्चरका सञ्चालक बुढाथोकी मगरले बताउनुभयो । बजारबाट दैनिकरूपमा झण्डै तीन क्विन्टल कुहिने फोहोर व्यक्तिगतरूपमा संकलन गरी बंगुरको खानाका रूपमा प्रयोग हुने एम्स एग्रिकल्चरले जनाएको छ । केही दिनपछि जुम्लामा बंगुरको प्याकेजिङ मासु बिक्री गर्ने तयारीसमेत एम्स एग्रिकल्चर सेन्टरले गरिरहेको छ ।

बुढाथोकीले जुम्लामै इन्टरलक इँटा उद्योगसमेत सञ्चालन गरिरहनुभएको छ । जहाँ ७० जनाले रोजगारी पाएका छन् । बजारमा इँटाको धेरै माग हुने गरेको छ । अहिले गुणस्तरीय सलाइडिङ इँटा उत्पादन भइरहेको छ ।

आफैंमा धेरै बलियो र भूकम्प प्रतिरोधात्मक रहेको सञ्चालक बुढाथोकी मगरले जानकारी दिनुभयो । सो इँटालाई भूगोलको चिसो हावापानीलाई मध्यनजर गरेर निर्माण गरिएको सलाइडिङ इँटा हो । यसको ल्याब टेस्ट रिपोर्ट उत्कृष्ट रहेको एम्स कम्पनी जुम्लाले जनाएको छ ।

कुटानीपिसानी मिलसमेत एम्स कम्पनीले सञ्चालनमा ल्याइएको छ । गुणस्तरीय शिक्षाका लागि एसिया इन्टरनेसनल बोर्डिङ स्कुलसमेत एम्सका सञ्चालक मनोज बुढाथोकी मगरले सञ्चालन गरिहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?