काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । स्थानीय महिला तथा युवाको क्षमता विकास गराएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको धमाथु नेवाः ग्वहालि पुचःले जनाएको छ । उद्घोषण, संस्थागत संरचनासम्बन्धी ज्ञान र सिलसिला मिलाएर आकर्षक ढंगले बोल्ने शैली सिकाउन एकहप्ते तालिम सञ्चालन गरिएको सञ्चारकर्मी केके मानन्धरले जानकारी दिनुभएको छ ।
तालिम कार्यक्रम उद्घाटनका क्रममा समाजसेवी श्रीकृष्ण मानन्धरले स्थानीय महिला तथा युवाको सीप, क्षमता र दक्षता अभिवृद्धिमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘लक्षित वर्ग पहिचान गरी सञ्चालन भइरहेको तालिमले ठोस उपलब्धि हुने विश्वास लिएको छु । संस्था सञ्चालनको विधि तथा सिलसिला मिलाएर बोल्ने शैली सिकेर युवाहरू स्थानीय भाषा, कला र संस्कृति संरक्षण तथा प्रवद्र्धनमा सांगठनिकरूपमा लाग्ने विश्वास लिएको छु ।’ मूर्त र अमूर्त सम्पदा परिष्कृत गरी पर्यटनसँग जोडेर स्थानीयवासीको आयआर्जनको माध्यम बनाउन तालिम कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ थियो ।
तालिम कार्यक्रमका संयोजक रविकुमार डंगोलले अन्तरनिहित क्षमता विकासले व्यक्तिको वास्तविक पहिचान स्थापित गराउने र मौलिक हक अधिकारको विषय, प्रशासनिक व्यवहार र प्रस्तुति शैलीमा सुधार हुने बताउनुभयो । ग्रामसेवा माध्यमिक विद्यालयको सभाहलमा मंसि ५ देखि सुरु भएको तालिम कार्यक्रम मंसिर ११ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । तालिम कार्यक्रममा १५ जना प्रशिक्षार्थी सहभागी छन् ।
धमाथु नेवाः ग्वहालि पुचःका काठमाडौं महानगरपालिकाका विभिन्न टोल, कीर्तिपुर, भक्तपुरको मध्यपुर ठिमी, ललितपुर महानगरपालिकामा पनि शाखा सञ्चालनमा छन् । संस्थाले समुदायभित्र कोही कसैलाई समस्या पर्दा सामूहिकरूपमा सहयोग गर्ने, स्थानीय भाषा, लिपि, कला र संस्कृति संरक्षण तथा प्रवद्र्धन क्षेत्रमा काम गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच