वाटकिन्स अन्तरिक्ष स्टेसनमा पहिलो अश्वेत महिला

Read Time = 1 min
A A- A+

न्युयोर्क । जेसिका वाटकिन्स अन्तरिक्ष स्टेसन विस्तारित मिसनमा सहभागी हुने पहिलो अश्वेत महिला बन्नुभएको छ । अमेरिकी अन्तरिक्ष यात्री वाटकिन्स अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा विस्तारित मिसनमा सहभागी हुने पहिलो अश्वेत महिला बन्नुभएको हो ।

रकेट कम्पनी स्पेस एक्सले जेहिकासहित थप चार अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा प्रक्षेपण गराएसँगै जेसिका वाटकिन्सले अन्तरिक्ष स्टेसनको इतिहास रच्ने पहिलो अश्वेत महिला बन्न सफल हुनुभएको हो ।

क्रु ड्र्यागन नाम दिइएको सो मिसनमा सहभागी वैज्ञानिकहरूले वैज्ञानिक परीक्षण र अन्तरिक्ष स्टेसनको मर्मत गर्नुका साथै प्रतिरक्षा प्रणालीमा उमेरको प्रभाव, जैविक सामग्रीका ठोस विकल्पहरूलगायत विषयमा अध्ययन गर्ने नासाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?