सिजी डिजिटलको शोरुम वसुन्धरामा पनि

Read Time = 1 min

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजी डिजिटलले काठमाडौंको वसुन्धरामा २०औँ सोरूम सञ्चालनमा ल्याएको छ । वसुन्धराको विशाल भवनमा स्थापित शोरुमको गोदरेज अपलाइन्सका प्रमुख सलाम सिंह तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले शोरुमको संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

शोरूममा सिजी इलेक्ट्रोनिक्सअन्तर्गतका विभिन्न प्रतिष्ठित ब्रान्ड एलजी, सिजी, गोदरेज, टिसिएल, सेन्सेइ, केन्ट, पिजन, एलिका, ब्ल्याक–डेकर, बेको र माइडियालगायत सात सयभन्दा बढी घरायसी उपकरण उपलब्ध रहेको कम्पनीले जनाएको छ । नयाँ शोरूम शुभारम्भका अवसरमा कम्पनीले आफ्ना उपकरण खरिदमा विशेष छुट र पक्का उपहार योजनासमेत ल्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?