काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा गाँजाखेतीलाई कानुनी मान्यता दिन माग गरेको छ । चेम्बर प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी गाँजाबाट औषधि तथा कपडा बनाएर निर्यात गर्न सकिने भन्दै गाँजाखेतीलाई व्यापारघाटा कम गर्ने विकल्पका रूपमा लिनुपर्ने सुझाएको छ । पछिल्लो आर्थिक अवस्था, नयाँ बजेट गृहकार्यलगायतका विषयमा चेम्बरले बिहीबार अर्थमन्त्री शर्मासँग अर्थमन्त्रालयमा छलफल गरेको हो ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मुलुकको भुक्तानी सन्तुलनमा असर नगर्ने गरी आयात व्यवस्थित गर्नुपर्ने, आवश्यक वस्तुको अभाव हुन नदिन औद्योगिक कच्चा पदार्थ एवं उपभोग्य वस्तुलाई व्यवस्थित तवरले आयात गर्न दिनुपर्ने बताउनुभयो । उहाँले व्यापारघाटा कम गर्न निर्यात प्रवद्र्धनमा सहुलियत दिनुपर्ने, भन्सारमा सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताउनुभयो ।
नेपालको भन्सार प्रक्रियामा सहजीकरण नहुँदा निर्यात प्रवद्र्धन हुन नसकेको भन्दै अध्यक्ष मल्लले मुख्य-मुख्य भन्सार नाकामा अन्तर्राष्ट्रियस्तरको उच्चस्तरीय प्रयोगशाला राखेर गुणस्तरीय वस्तुमात्रै आयात हुने वातावरण बनाएमा आयात कम गर्न सकिने बताउनुभयो । व्यापारघाटा बढ्नुको मुख्य कारण पेट्रोलियम पदार्थको उच्च आयात भन्दै उहाँले आगामी बजेटमा विद्युतीय सामग्रीको उच्चतम प्रयोग हुनेगरी बजेट तर्जुमा गर्नुपर्ने सुझाव दिनुभयो ।
सबै नागरिकलाई करको दायरामा ल्याउन नागरिकता दिने बेलैमा प्यानकार्ड पनि उपलब्ध गराउने व्यवस्था गरिनुपर्ने, घरजग्गा कारोबारलाई पनि करको दायरामा ल्याउनुपर्ने, घरजग्गा कारोबार ब्रोकर कम्पनीमार्फत् गरिनुपर्ने चेम्बरको सुझाव छ । अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्यमा जोड दिँदै सरकार लगानीमैत्री वातावरण बनाउन तयार रहेको बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच