सुदूरपश्चिम प्रदेश सभाका ५२ जना सदस्यले लिए शपथ, प्रथम अधिवेशन १८ पुसमा

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले ५२ जना प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । ५२ मध्ये ६ जनाले मातृभाषामा शपथ लिएका हुन् ।

यस अघि सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथग्रहण गराउनु भयो ।

त्यस पछि रावलले प्रदेशसभा भवनमा अन्य ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउनु भयो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपाका १ / १ जना स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

प्रथम अधिवेशन पुस १८ गते

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते आह्वान गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै पुष १८ गते प्रदेश सभा बैठक आह्वान गरेको हो ।

प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको अधिवेशन १८ गते सोमवार दिनको १ बजे देखि शुरु हुने गरी आह्वान गरेको सो सूचनामा उल्लेख गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?