बलात्कारको आरोपमा दुई जना पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । झापा र दाङबाट बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-१ बस्ने ५९ वर्षीय नरेश रसाईलीलाई प्रहरीले पक्राउ गरेको छ ।

रसाईलीले ती बालिकालाई बुवाआमा धान रोप्न खेतमा गएको अवस्थामा फकाई आफ्नै घरको कोठाभित्र लगि ललाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका-८ सौडी बस्ने २६ वर्षीय अनिल नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती बालिकालाई गत बिहीबार राति रोल्पाबाट ललाई फकाई ल्याई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?