इलामका क्रियाशील पत्रकार बालकृष्ण बस्नेत सम्मानित

Read Time = 2 mins

प्रकाश नेपाल/इलाम

इलामका क्रियाशील पत्रकार बालकृष्ण बस्नेत सम्मानित हुनुुुभएको छ । बुलन्द मन्टिटेक्निकल मिडिया प्रालि इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको छैटौं वार्षिक उत्सवको अवसरमा प्रालिले बस्नेतलाई सम्मान गरेको हो ।

उहाँलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष लवदेब ढुंगानाले सम्मानपत्र प्रदान गर्नुभयो । पत्रकारिताका माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै बस्नेतलाई सम्मान गरिएको नयाँ बुलन्दका सम्पादक रामकुमार लिम्बुले जानकारी दिनुभयो ।

बस्नेतले विगत ६ वर्षदेखि इलामको ग्रामीण भेगमा रहेर पत्रकारिता गरिरहनुभएको छ । उहाँले नयाँ बुलन्द डटकममा माङ्सेबुङ गाउँपालिकामा रहेर संवाददाताको रुपमा काम गरिरहनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष लवदेब ढुंगाना , अतिथि नेपाल पत्रकार महासघ इलाम शाखाका अध्यक्ष बिप्लव भट्टराई , जिल्लामा रहेका पत्रकारजन्य बिभिन्न संघसघठनका प्रतिनिधिहरु एबम जिल्लामारहेका कृयासिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

२०७४ वैसाख १२ गते नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रशारण विभागमा नेपालको १५ औं नम्बरमा दर्ता भएको नयाँ बुलन्द डटकम इलाममा संचालित पहिलो अनलाइनको रुपमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?