लोसपाले घोषणापत्र सार्वजनिक गर्दै भन्यो: नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शुक्रबार घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा लोसपाले नेपाल एक बहुराष्ट्रिय मुलुक भएको जनाएको छ । नेपालको विविधता नेपालको सौन्दर्य मात्र नभई नेपालको शक्ति पनि भएको लोसपाले बताएको छ ।

‘तर विडम्बना, विविधतायुक्त नेपालको यो सौन्दर्यलाई रुचाउन नसकेका, विविधतामा अन्तरनिहित नेपालको यो शक्तिलाई मनन् गर्न नसकेका र नेपाललाई सबैको साझा बनाउने र नेपालप्रति सबैमा अपनत्व जगाउनुको सट्टा केही पक्ष र पात्रहरुद्वारा नेपालको विविधताभित्र विभेद, विद्वेष र विभक्तिको खेल खेली नेपालको अद्वितीय सामाजिक विन्यासलाई कुरुप पार्ने चेष्टा गरियो । फलस्वरुप, नेपाल भौगोलिक रुपमा एक भएता पनि यो भावनात्मक रुपमा एक हुन सकेन,’ लोसपाले घोषणापत्रमा भनेको छ ।

घोषणापत्रमा नेपालको लागि सबैभन्दा ठूलो चुनौती सबै अटाउने साझा राष्ट्रवादको भावनाका साथ एक समृद्ध लोकतान्त्रिक राजनीतिक प्रणाली निर्माण गर्नु रहेको उल्लेख गरिएको छ ।

मुलुकको क्षेत्रीय, सामुदायिक, धार्मिक र जातीय विविधता एवम् भौगोलिक र अन्य कारणले फरक हुन गएका राष्ट्रहरुलाई एकै राज्यमा स–सम्मान आत्मसात् गर्दै राष्ट्र–राज्य निर्माणको दिशामा अग्रसर हुनुपर्ने लोसपाले जनाएको छ ।

‘असमावेशीताले असमानता, असमानताले विद्रोह र विद्रोहले अस्थिरतालाई जन्म दिन्छ,’ घोषणापत्रमा भनिएको छ ।

नेपालको वर्तमान संविधानले समावेशितालाई सैद्धान्तिक रुपमा स्वीकार गरेता पनि परम्परागत विभेदकारी राज्य–व्यवस्था, अहंकारी शासकवर्ग, पूर्वाग्रही प्रशासन र अझैसम्म अस्तित्वमा रहेको जातीय संकीर्णताका कारणले समावेशिताको यात्रा लक्ष्य अनुरुप अघि नबढेको लोसपाले जनाएको छ ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला

https://drive.google.com/file/d/1QNsDpxoiIIifDgxR-DcH1sx4ORmgj9eu/view?usp=sharing

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?