पोखरा मेयरमा कांग्रेसका दुई बागी उम्मेदवारद्वारा मनोनयन फिर्ता, एक जनाको यथावत

Read Time = 1 min
A A- A+

पोखरा । पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको हो ।

उहाँहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिनुभएको थियो । तर, पार्टीले दिएको नर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेद्वारी फिर्ता लिएको उहाँहरुले बताउनु भएको छ ।

तिवारी र सापकोटाले उम्मेदवारी फिर्ता लिए पनि बागी विमल कार्कीले भने फिर्ता लिनु भएन । उहाँ पनि कांग्रेसकै नेता हुनु हो । अहिले गठबन्धनबाट वडाका उम्मेद्वारले समेत फिर्ता लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?