दिपेश र भुपेन्द्र विजयी

Read Time = 4 mins

काठमाडौं । चीनमा हुने एसियाड का लागि भइरहेको बक्सिङ खेलको छनोटमा दोस्रो दिनको खेलमा शुक्रबार विभिन्न समूहमा विभिन्न खेलाडीले जित हात पारेका छन् । ६३ केजी तौल समूहमा नेपाल आर्मी ‘ए’ का खेलाडी लालुआले मगरलाई नेपाल प्रहरीका भुपेन्द्र थापामगरले ५ः० अंकको आधारमा जित हासिल गर्नुभयो ।

भुपेन्द्र सागका पदकधारी खेलाडीसमेत हुनुहुन्छ । सोही तौल समूहमा बागमती प्रदेशका खेलाडी निसान दासलाई सशस्त्र प्रहरी ‘ए’ का खेलाडी सोनाम सार्कीले ४ः१ अंकको आधारमा पराजित गर्नुभयो । ७५ केजी तौल समूहमा बागमती प्रदेशका खेलाडी साजन थिंग तामाङमाथि नेपाल आर्मी ‘ए’ का खेलाडी दीपक श्रेष्ठले ५ः० अंकको आधारमा जित हासिल गर्नुभयोे । सोही तौल समूहमा बागमती प्रदेशका खेलाडी सनिल शाहीलाई नेपाल आर्मी ‘बी’ का खेलाडी दिपेश लामाले ३ः२ अंकको आधारमा जित हासिल गर्नुभयो ।

सेमिफाइनल खेलहरूमा महिलातर्फ ५१ केजी तौल समूहमा नेपाल आर्मी ‘बी’ का खेलाडी ललिता महर्जनलाई नेपाल आर्मी ‘ए’ का मिनु गुरुङले वाक ओभरको आधारमा जित हासिल गर्नुभयो । सोही तौल समूहमा नेपाल प्रहरीका रीता धरलालाई बागमती प्रदेशका खेलाडी सुस्मा तामाङले पराजित गर्नुभयो ।

महिला ५७ केजी तौल समूहमा नेपाल आर्मीका खेलाडी चन्द्रकला थापामगरलाई बागमती प्रदेशका खेलाडी हेमा राईले वाकओभरको आधारमा जित हासिल गर्नुभयो । सोही तौल समूहमा नेपाल प्रहरी ‘ए’ का खेलाडी निशा तामाङलाई नेपाल आर्मी ‘बी’ का खेलाडी विमला श्रेष्ठले ५ः० अंकको आधारमा पराजित गर्नुभयो ।

६० केजी तौल समूहमा बागमती प्रदेशका खेलाडी देचेन शेर्पाललाई सशस्त्र प्रहिरीका संगीता सुनुवारले वाकओभरको आधारमा जित्नुभयो । सोही तौल समूहमा नेपाल आर्मी ‘ए’ का खेलाडी पुनम रावललाई नेपाल आर्मी ‘बी’ का खेलाडीले वाकओभरको आधारमा जित हासिल गर्नुभयो ।

पुरुषतर्फ ५२ केजी तौल समूहमा नेपाल आर्मीका खेलाडी प्रेम चौधरीलाई बागमती प्रदेशका खेलाडी लक्ष्मण राईले वाकभोभरको आधारमा जित हासिल गर्नुभयो । सोही तौल समूहमा सशस्त्र प्रहिरीका प्रदीप महर्जनलाई नेपाल प्रहरी ए का खेलाडी चन्द्रबहादुर थापाले ४ः१ अंकको आधारमा जित हासिल गर्नुभयो ।

५७ केजी तौल समूहमा नेपाल आर्मीका खेलाडी इन्द्रबहादुर सुनारलाई सशस्त्र प्रहरीका खेलाडी पुरन राईले ५ः० को आधारमा जित हासिल गर्नुभयो । सोही तौल समूहमा नेपाल प्रहरी बि का खेलाडी शम्भु राजवंशीलाई बागमती प्रदेशका खेलाडी सुरज महर्जनले ५ः० को आधारमा पराजित गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?