दैलेखमा श्रीमतीद्वारा श्रीमानको हत्या

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत ।  दैलेखको नौमुलेमा भड्डुले प्रहार गरेर एक महिलाले श्रीमानको हत्या गरेकी छन् । नौमूले गाउँपालिका-४ कालिका गाउँकी ३५ वर्षीया सीता योगीले श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेकी हुन् ।

‘पहिले श्रीमानले हात छोडेछन्, ढेडो पकाएको भड्डुले श्रीमतीले हानी घाइते बनाएकी सीताले दाउराले पनि टाउकैमा हानिन्,’ ‘योगीका छोराले बताए ।  ‘अत्याधिक रगत बगेर श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताउनुभयाे।

श्रीमतीको पनि मुखमा निलडाम रहेको डीएसपी लम्सालको भनाइ छ ।  प्रहरीले राति नै शव दैलेख अस्पताल पुर्‍याएको र सीतालाई पक्राउ गरेको जनाएको छ । दुवै जनाले मदिरा सेवन गरेकाले के कारण विवाद भयो भन्ने थाहा नभएको नौमुले गाउँपालिका-४ का वडाध्यक्ष चन्द्रलाल बस्नेतले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?