राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी छः सञ्चारमन्त्री शर्मा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी भएको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा भएको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सकारात्मक प्रवृत्ति किनारामा हुँदा नकारात्मकता हाबी भएको बताउनु भयो । उहाँले पत्रकारिता क्षेत्रमा पत्रकारिता कसरी टिकाउने भन्ने चुनौति रहेको पनि बताउनु भयो ।

उहाँले पछिल्लो समय सूचना प्रविधिमा आएको विकासबाट सही सदुपयोग हुन नसक्दा आएका नकारात्मकताले झनै चुनौति थपेको बताउनु भयो । उहाँले सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले सञ्चार क्षेत्रसँग संवद्ध, नियम, कानून, ऐनलाई सरकारले व्यवस्थित बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको हाम्रो अभिव्यक्ति स्वतन्त्रता सहितको संघीय, लोकतान्त्रिक गणतन्त्रको व्यवस्था, हामीले जे प्राप्ति गरेका छौँ, त्यो प्राप्तिका पछि पनि चानचुने जोखिम छैन । पत्रकारिता क्षेत्रले पनि उत्तिकै जोखिम मोलेको छ, राजनीतिक क्षेत्रले पनि त्यत्तिकै जोखिम मोलेको छ । अहिले कसैमा पनि भावना सकारात्मक छैन । राजनीतिक व्यक्तिप्रति किन सकारात्मक छैन धारणा भन्दा यहाँ नकारात्मक प्रवृत्ति हाबी छ । सकारात्मक प्रवृत्ति किनारामा छन् । त्यसकारण सतहमा जे छ, त्यही कुरा हाबी हुँदा त्यसको अपजस सबैले भोग्नुपर्छ । पत्रकारिता क्षेत्रमा पनि कैयन कुराहरु छन्, मिडियाको च्यालेन्ज छ । पत्रकारिता टिकाउने कुरा चुनौतिपूर्ण छ । साथै पछिल्लो समय सूचना प्रविधिमा आएको विकासले यसको सदुपयोग, र यसको सदुपयोग हुन नसक्दा देखिएका समस्या छन् । त्यसैले यसलाई व्यवस्थित बनाउँदै यो क्षेत्रलाई व्यवस्थिनत बनाउन जरुरी छ । यस क्षेत्रसँग संवद्ध, नियम, कानून, ऐन यी सबै कुरालाई व्यवस्थ्ति बनाउन जरुरी छ ।’

मन्त्री शर्माले जनताको अवस्था सही बनाउन नसके बोलेर मात्रै व्यवस्था ठिक छ भन्न नसकिने बताउनु भयो । हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार, २०८० बाट कान्तीपुर टेलिभिजनका पत्रकार महेश केसी र नेपाल टेलिभिजनका शिव सिलवालाई सम्मान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?