‘कबड्डी ४’ को प्रदर्शनअघि नै लगानी सुरक्षित

Read Time = 2 mins

काठमाडौं । अधिकांश नेपाली चलचित्रले प्रदर्शन भइसकेपछि साताभरि दर्शकको साथ पाउँदा पनि लगानी सुरक्षित गर्न नसकिरहेको अवस्थामा ‘कबड्डी’ को चौथो शृंखलाका लागि पनि सुखद समय बनेको छ । दयाहाङ राई र सौगात मल्लको मुख्य अभिनय रहेको यो चलचित्र ‘कबड्डी-४’ ले प्रदर्शनअघि नै लगानी सुरक्षित गरेको छ ।

बिहीबारसम्म प्रमुख विश्व बजारमा राइट बिक्रीबापत चलचित्रले दुई करोड रुपैयाँ ग्रस कमाएको छ । चलचित्रको लगानी झण्डै तीन करोड रुपैयाँ रहेको जनाइएको छ । निर्माता मणिराम पोखरेलले युरोप, अमेरिका, अस्ट्रेलिया, बेलायत, न्युजिल्यान्ड, हङकङ, जापान र भारतमा राइट बिक्री भइसकेको बताउनुभएको छ । उहाँका अनुसार जेठ १३ गते नेपालसहित ती मुलुकमा एकसाथ चलचित्र प्रदर्शन हुनेछ । विदेश बिक्रीबापत प्राप्त दुई करोड र डिजिटल राइटसहित लगानी सुरक्षित भएको बताइएको छ ।

निर्माता पोखरेलका अनुसार चलचित्रका अघिल्ला तीन सिक्वेलभन्दा चौथोले विदेशबाट अहिलेसम्मकै उच्च कमाइ गरेको हो । अस्ट्रेलिया र बेलायतमा उच्च मूल्यमा राइट बिक्री भएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङलगायतको अभिनय छ । यसपटक सिक्वेलको नाम ‘कबड्डी-४ : द फाइनल’ म्याच राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?