बिमा कम्पनीलाई पुँजी वृद्धिको चुनौती

Read Time = 2 mins

काठमाडौं । बिमा समितिले बिमा कम्पनीहरूले आगामी एक वर्षभित्रमा चुक्ता पुँजी बढाउनैपर्ने जनाएको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बिमकको हितमा पुँजी वृद्धिको निर्णय भएको भन्दै एक वर्षभित्र चुक्ता पुँजी बढाउनैपर्ने बताउनुभएको हो ।

बिमा समितिद्वारा काठमाडौंमा आयोजित बिमकको पुँजी वृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष सिलवालले भन्नुभयो, ‘बिमा कम्पनीले एक वर्षभित्र चुक्ता पुँजी बढाउनैपर्छ । त्यसमा सहजीकरण गर्न बिमा समिति तयार छ ।’
पुँजी बढाउन सक्नेले बढाउनुपर्ने र नसक्नेले मर्जरमा जानसक्ने उहाँले बताउनुभयो । समितिले जारी गरेको जोखिममा आधारित पुँजीसम्बन्धी निर्देशिका आगामी २०८१ सालदेखि पूर्णरूपमा लागू हुने र त्यसका लागि पनि थप पुँजी आवश्यक पर्न सक्ने उहाँको भनाइ छ ।

अध्यक्ष सिलवालले भन्नुभयो, ‘बिमा कम्पनी पूर्ण क्षमतामा चल्नुपर्‍यो । दाबी भुक्तानी हुनुपर्‍यो । कम्पनीको मुनाफा बढ्नुप¥यो । देशका ग्रामीण भेगका जनतासम्म बिमाको पहुँच पुग्नुपर्‍यो । स्थानीय तहमा बिमाका लागि पर्याप्त स्रोत र सम्भावना पनि छ, त्यहाँ कम्पनीहरू जानुपर्‍यो । शाखा कार्यालय स्रोतसाधनले सम्पन्न हुनुपर्‍यो ।’ समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले तोकिएको एक महिना अवधिमा लगभग सबै बिमा कम्पनीबाट पुँजी वृद्धिको योजना समितिमा प्राप्त भइसकेको उल्लेख गर्दै पुँजी वृद्धिका लागि कतिपयले हकप्रद सेयर, कतिपयले बोनस सेयर, कतिपयले मर्जर र कतिपयले समयावधि थपको विषय योजनामा समावेश गरेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?