भोट माग्न गाउँ पसे राजनीतिक दल

Read Time = 4 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । मनोनयन दर्ताका लागि पालिकाको केन्द्रमा केन्द्रित भएका राजनीतिक दलहरू चुनाव प्रचार प्रसारका लागि पुन गाउँ छिरेका छन् । निर्वाचनको मिति तोकेपछि निर्वाचनको गतिविधि गर्दै आएका बागलुङका ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एस र राप्रपाले मनोनयनपछि घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

नेकपा एमाले काठेखोला गाउँपालिकाले मनोनयन दर्ताको पर्सिपल्टदेखि नै चुनावी सभाको आयोजना थाल्यो । एमाले गाउँपालिकामा १४ गतेदेखि २५ गतेसम्म धम्जाबाट सुरु गरेको चुनावी अभियान लेखानीमा गएर टुंग्याउने भएको छ । १४ गतेदेखि २५ गतेसम्म काठेखोलाका आठ वटै वडामा घरदैलो, भेटघाट र आमसभा गर्ने पालिका कमिटिको निर्णय अनुसार प्रचार प्रसारमा हिँडेको काठेखोला गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार डिलबहादुर कार्कीले बताउनुभयो ।

यस्तै, नेपाली कांग्रेस बागलुङ नगरपालिकाले २ नम्बर वडाबाट चुनावी अभियान सुरु गरेको छ । १७ गतेबाट गाउँमा चुनावी अभियान लिएर गएको बागलुङ नगरपालिकाका नगर प्रमुखका उम्मेदवार वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । पाँच दलीय गठबन्धनले यसअघि छुट्टाछुट्टै चुनावी अभियान गरे पनि मनोनयन दर्तापछि पुनः गठबन्धले नै चुनाव प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । गठबन्धनले बागलुङ नगरपालिका र वडा वडामा एकमुष्ट सम्पर्क कार्यालय स्थापना गरेको छ ।

यस्तै, एमालेले चुनावप्रचार प्रसारलाई गाउँ केन्द्रित बनाएको नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र प्रकाश शर्माले बताउनुभयो । उहाँले पालिका कमिटीको निर्णयअनुसार चुुनावी प्रचारका लागि उम्मेदवार गाउँ पस्न थालेको बताउनुभयो ।

विभिन्न राजनीतिक दलहरूले आफूले जितेका पालिकामा गरेका काम र अधुरा कामहरूको विवरण तयार पारिरहेका छन् । बागलुङमा अधिकांश पालिका प्रमुख बन्न राजीनामा दिएर दोहोेरिएकाले आफ्ना अधुरा काम पूरा गर्नका लागि आफ्नो पक्षमा मत प्रयोग गर्न आग्रह गरेका छन् ।

बागलुङको जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, बडिगाड, काठेखोला गाउँपालिका र ताराखोलाको प्रमुखमा मात्रै नयाँ अनुहार प्रतिस्पर्धामा छन् । तर, बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको प्रमुखमा पालिका प्रमुखहरूले राजीनामा दिएर पुनः दोहो¥याउन गठबन्धन र एमालेबाट उम्मेदवारी दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?