भोट माग्न गाउँ पसे राजनीतिक दल

Read Time = 4 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । मनोनयन दर्ताका लागि पालिकाको केन्द्रमा केन्द्रित भएका राजनीतिक दलहरू चुनाव प्रचार प्रसारका लागि पुन गाउँ छिरेका छन् । निर्वाचनको मिति तोकेपछि निर्वाचनको गतिविधि गर्दै आएका बागलुङका ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एस र राप्रपाले मनोनयनपछि घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

नेकपा एमाले काठेखोला गाउँपालिकाले मनोनयन दर्ताको पर्सिपल्टदेखि नै चुनावी सभाको आयोजना थाल्यो । एमाले गाउँपालिकामा १४ गतेदेखि २५ गतेसम्म धम्जाबाट सुरु गरेको चुनावी अभियान लेखानीमा गएर टुंग्याउने भएको छ । १४ गतेदेखि २५ गतेसम्म काठेखोलाका आठ वटै वडामा घरदैलो, भेटघाट र आमसभा गर्ने पालिका कमिटिको निर्णय अनुसार प्रचार प्रसारमा हिँडेको काठेखोला गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार डिलबहादुर कार्कीले बताउनुभयो ।

यस्तै, नेपाली कांग्रेस बागलुङ नगरपालिकाले २ नम्बर वडाबाट चुनावी अभियान सुरु गरेको छ । १७ गतेबाट गाउँमा चुनावी अभियान लिएर गएको बागलुङ नगरपालिकाका नगर प्रमुखका उम्मेदवार वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । पाँच दलीय गठबन्धनले यसअघि छुट्टाछुट्टै चुनावी अभियान गरे पनि मनोनयन दर्तापछि पुनः गठबन्धले नै चुनाव प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । गठबन्धनले बागलुङ नगरपालिका र वडा वडामा एकमुष्ट सम्पर्क कार्यालय स्थापना गरेको छ ।

यस्तै, एमालेले चुनावप्रचार प्रसारलाई गाउँ केन्द्रित बनाएको नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र प्रकाश शर्माले बताउनुभयो । उहाँले पालिका कमिटीको निर्णयअनुसार चुुनावी प्रचारका लागि उम्मेदवार गाउँ पस्न थालेको बताउनुभयो ।

विभिन्न राजनीतिक दलहरूले आफूले जितेका पालिकामा गरेका काम र अधुरा कामहरूको विवरण तयार पारिरहेका छन् । बागलुङमा अधिकांश पालिका प्रमुख बन्न राजीनामा दिएर दोहोेरिएकाले आफ्ना अधुरा काम पूरा गर्नका लागि आफ्नो पक्षमा मत प्रयोग गर्न आग्रह गरेका छन् ।

बागलुङको जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, बडिगाड, काठेखोला गाउँपालिका र ताराखोलाको प्रमुखमा मात्रै नयाँ अनुहार प्रतिस्पर्धामा छन् । तर, बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको प्रमुखमा पालिका प्रमुखहरूले राजीनामा दिएर पुनः दोहो¥याउन गठबन्धन र एमालेबाट उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)