लमजुङको अधिकांश स्थानीय तहका प्रमुखमा पुरानै अनुहार

Read Time = 3 mins

लमजुङ

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा लमजुङमा दोहोरिने उम्मेदवार धेरै छन् । लमजुङका आठ स्थानीय तहमध्ये चार वटा स्थानीय तहका प्रमुखले पुनः उम्मेदवारी दर्ता गराएका हुन् ।

लमजुङको सदरमुकाम बेसीशहर नगरपालिकाको प्रमुखमा एमालेले प्रमुखमा गुमानसिंह अर्याललाई दोहो¥यााएको छ । एमालेले राइनास नगरपालिका प्रमुखमा एमालेकै सिंहबहादुर थापा र मस्र्याङ्दी गाउँपालिकामा एमालेका अर्जुन गुरुङले अध्यक्ष पद लागि उम्मेदवारी दिनुभएको छ। मध्यनेपाल नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रमेशकुमार पाण्डले पुनः उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कांग्रेसले गुमानसिंह अर्यालविरुद्ध बेसीशहर नगरपालिकाको प्रमुखमा श्रीकान्त घिमिरेलाई उठाएको छ । यस्तै राइनासमा एमालेका सिंह बहादुरविरुद्ध कांग्रेसका खड्कबहादुर गुरुङ, मध्यनेपालमा कांग्रेसका रमेशकुमारविरुद्ध एमालेका राजकुमार श्रेष्ठले उम्मेदवारी दिनुभएको छ। मस्र्याङ्दीमा एमालेका अर्जुनविरुद्ध कांग्रेसका लोकनाथ घिमिरे चुनावी मैदानमा हुनुहुन्छ ।

सुन्दरबजार नगरपालिकामा एमालेबाट भीमबहादुर गुरुङ र कांग्रेसबाट कृष्णप्रसाद कोइराला प्रमुख पदका लागि चुनावी मैदानमा हुनुहुन्छ। दोर्दी गाउँपालिकामा एमालेका युवराज अधिकारी र माओवादी केन्द्रका लालबहादुर गुरुङ चुनावी मैदानमा रहनुभएको छ । क्वहोलासोंथरमा एमालेका सूर्यप्रसाद गुरुङ र कांग्रेसका टेकबहादुर गुरुङबीच प्रतिस्पर्धा हुनेछ । अध्यक्षका लागि दूधपोखरीमा एमालेका तेजबहादुर गुरुङ र कांग्रेसका धनप्रसाद गुरुङ चुनावी मैदानमा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?