धनुषामा १०९ को उम्मेदवारी फिर्ता

Read Time = 3 mins

धनुषा । आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न पालिकामा दिएका १०९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका वैधनाथ साह र नन्दकुमार भगत, उपप्रमुखमा उम्मेदवारी दिनुभएका विश्वनाथ साहले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाको वडाध्यक्ष पदमा ११, एक वडासदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ । यस्तै धनुषाको मिथिला नगरपालिकामा नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएका हरिनारायण महतो र चन्देश्वर महतोले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
सो नगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष पदका लागि दिएका पाँच र वडासदस्य पदका चार जनाले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत दीपक धितालले जानकारी दिनुभयो । धनुषाधाम नगरपालिकामा एक उपप्रमुखको उम्मेदवारसहित सात जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत चिरन्जीवी गौतमले जानकारी दिनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा उम्मेदवारी दिनुभएकी मेनकाकुमारी सिंह र वडाध्यक्षका दुई तथा सदस्यका चार जनाले उम्मेदवारी फिर्ता लिनुभएको हो । धनुषाको बटेश्वर गाउँपालिकाको गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनुभएका खगेन्द्रबहादुर कटुवाल र वडाध्यक्षका एक तथा दलित महिला सदस्यका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।
धनौजी गाउँपालिकामा समेत अध्यक्ष पदका उम्मेदवार लक्ष्मण मण्डल तथा दुईजना वडाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिनुभयो । विदेह नगरपालिकामा दुई वडाध्यक्ष पदका उम्मेदवारसहित पाँच, हंसपुर नगरपालिकामा दुईजनाले उम्मेदवारी फिर्ता लिनुभएको छ । सबैला नगरपालिकामा छ वडाध्यक्ष र एक वडा सदस्य पदका उम्मेदवारसहित सात जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत वासुदेव पाण्डेले जानकारी दिनुभयो । धनुषामा एक उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिका गरी कूल १८ स्थानीय तह रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)